सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नेविसंघद्वारा सुरक्षाकर्मीलाई मास्क वितरण

२०७७ कार्तिक २०, ०५:२६ खबर संवाददाता

धनगढी: नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ४ ले प्रहरीलाई मास्क र फुल वितरण गरेको छ ।

सुरक्षाकर्मी उत्साह कार्यक्रम अन्तरगत बिहिबार क्षेत्रीय ट्राफिक कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीका सुरक्षाकर्मीलाई मास्क र फुल वितरण गरिएको हो । 

‘बढ्दैछ कोरोना बन्दैछु सचेत, अमूल्य जीवनका लागि नबनौँ अचेत’ भन्ने नाराका साथ सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको नेविसंघका क्षेत्रीय सभापति गणेश शाहले बताए ।

कमेन्ट लोड गर्नुस