सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ४३ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २०, ०४:५३ खबर संवाददाता

धनगढीः धनगढीका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बिहिबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर २, ४ र ८ का ४/४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै वडा नम्बर ६ र ठेगाना नखुलेका १/१ जनामा समेत कोरोना पुष्टि भएको उनले बताए ।
 

कमेन्ट लोड गर्नुस