अछाममा २४१ लिटर मदिरा नष्ट
२०७७ कार्तिक २०, ११:४६
धनगढीः अछाम प्रहरीले २४१ लिटर मदिरा नष्ट गरेको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ८, ९, १२, १४ र रामारोन गाउँपालिका वडा नम्बर ३ बाट घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २४१ लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।
कमेन्ट लोड गर्नुस