सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमितको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक २०, ११:१२ खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना संक्रमित एक बृद्धको मुत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कार्तिक १७ गते कोरोना पुष्टि भएका बृद्धको अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो । विहिबार विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

कमेन्ट लोड गर्नुस