कैलालीमा ५२ हजार नगदसहित १६ जना जुवाडे पक्राउ
धनगढीः कैलालीमा ५२ हजार नगद सहित १६ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास भइरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ५२ हजार ३ सय ९५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यी हुन जुवाखालबाट पक्राउ परेका व्यक्ति
१.लम्कीचुहा न.पा.४ बस्ने बर्ष ३५ मनि प्रकाश कुमार जैसि ।
२.ऐ.ऐ. बस्ने बर्ष ३१ को गणेश प्रसाद न्यौपाने ।
३. ऐ.ऐ. बस्ने बर्ष ५८ को चन्द्र प्रसाद न्यौपाने ।
४. ऐ.ऐ. बस्ने बर्ष २५ को रमेश बिष्ट ।
५. ऐ.ऐ. बस्ने बर्ष ३५ को कमल प्रशाद जैसी ।
६.ऐ.ऐ.बस्ने बर्ष ३३ को दयाराम न्यौपाने ।
७. ऐ.ऐ.बस्ने बर्ष ३० को भानु प्रसाद जैसी ।
८. ऐ.ऐ.बस्ने बर्ष २५ को ईश्वर शर्मा ।
९.ऐ.ऐ.बस्ने बर्ष ३१ को नरदेब चौलागाई ।
१०. ऐ.ऐ.वडा नं.७ बस्ने बर्ष २२ को देबेन्द्र रावत ।
११. ऐ.ऐ.बस्ने बर्ष ५० को तारा ढकाल ।
१२. ऐ.ऐ.बस्ने बर्ष ४० को रुपानन्द बजगाई ।
१३ ऐ.ऐ.बस्ने बर्ष ३२ को राम बहादुर चौधरी ।
१४ ऐ.ऐ.बस्ने बर्ष ३० को लक्ष्मी आचार्य ।
१५. ऐ.ऐ.बस्ने बर्ष ४२ को जनक भण्डारी ।
१६. ऐ.ऐ.बस्ने बर्ष ३२ को कुष्माखर देवकोटा