सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका पत्रकार जोशीलाई कोरोना संक्रमण

२०७७ कार्तिक १८, ०७:२१ खबर संवाददाता

धनगढी: दार्चुलाका पत्रकार कमलराज जोशीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको स्वाब परिक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ सातादेखि ज्वरो आएर थप उपचारको लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना भएका जोशीको मंगलबार कोरोना रिपोर्ट आएको हो ।  

जोशीलाई कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको परिवारले जनाएको छ ।

उनी एभिन्युज टेलिभिजन दार्चुलाका सम्वाददाता एवं दार्चुला एफएमका स्टेशन म्यानेजर हुन । 

कमेन्ट लोड गर्नुस