सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गिट्टी कुट्दै गर्दा ढुङ्गाले लागेर महिलाको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ कार्तिक १८, ०२:२२ खबर संवाददाता

बैतडी: बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका  ४० वर्षीया कौशा विष्ट रहेका छिन् । 

खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिए ।  

गम्भीर घाइते कौशाको उपचारको लागि डडेल्धुरा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

कमेन्ट लोड गर्नुस