सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झुठो विवरण बनाएर नेपाली नागरिता लिने भारतीय जेल चलान !

२०७७ कार्तिक १८, १०:४८ खबर संवाददाता

धनगढीः कैलालीमा झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक कारागार चलान भएका छन् ।

नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सोमबार जिल्ला अदालत कैलालीको आदेशमा अन्सारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको बताए ।

टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई  नक्कली बुवा बनाएर नागरिकता लिएको भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो ।

यस्तै नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टले सोमबार नै भएको थुनछेकपछि अदालतले चौधरीसँग ५० हजार धरौटी माग गरेकोमा बुझाउन नसकेर कारागार चलान भएको बताए ।

चौधरीसँगै पक्राउ परेकी गिता चौधरी भने साधारण तारेखमा छुटेकी छन् ।

नक्कली नागरिकताका लागि सिफारिस दिने वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी भने २५ हजार धरौटीम छुटेका छन् । 
 

कमेन्ट लोड गर्नुस