सुदूर नेपाललाई विश्वसँग जोड्दै

करदाता सेवा कार्यालय अछामको सेवा सुरु

२०७७ कार्तिक १७, ०९:३५ खबर संवाददाता

अछाम–अछाम जिल्लामा  करदाता सेवा कार्यालयले सेवा दिन सुरु गरिएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र साँफेबगरमा कायर्लालय स्थापना गरि सेवा सुरु गरिएको हो ।

सोमबार  देखि कार्यालयबाट  सेवाहरु सुचारु गरिएको कार्यालयका प्रमुख राजेन्द्र बस्नेतले बताए । कार्यालय प्रमुख बस्नेतका अनुसार यस अघि आन्तरिक राजस्व कार्यालय धनगढीबाट सेवा लिँदै आएका अछाम र बाजुराका करदातालाई सेवा कार्यालय साँफेबगरबाट सेवा दिइने छ । अछाम र बाजुराबाट करदाताले कर  तिर्नैका लागि धनगढी जानु पर्ने बाध्यताको समेत अत्य भएको उनले बताए ।

        
कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने काम करदाता सेवा कार्यालयबाट हुने छन् ।  कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालय मार्फत सुरु भएको करदाता सेवा कार्यालय प्रमुख बस्नेतले बताए ।
 

कमेन्ट लोड गर्नुस