कक्षा ११ को परिक्षा मंसिर १८ गतेदेखि
धनगढीः कक्षा ११ को परिक्षा मंसिर १८ गतेदेखि सञ्चालन हुने भएको छ । गत बैसाख २१ गतेबाट सञ्चालन हुने भनिएको परिक्षा स्थगित गरिएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले गरिएको लकडाउनले कक्षा ११ को परिक्ष समेत प्रभावित भएको हो। कोरोना संक्रमणबाट जोगिन सुरक्षाका मापदण्ड पालना गर्दै नियमित, ग्रेडबृद्धि तथा आशिंक परिक्षा मंसिर १८ गतेदेखि सञ्चालन गरिने कैलाली बहुमुखी क्याम्पसले एक सूचना मार्फत जानकारी दिएको छ ।