सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अरिङ्गालले टोक्दा बृद्धको मृत्यु

२०७७ कार्तिक १७, ०३:५४ खबर संवाददाता

डोटी: डोटीमा अरिङ्गालको टोकाइबाट एक बृद्धको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । 

गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो ।

उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

कमेन्ट लोड गर्नुस