बैंकको एटीएम फोडिरहेको अवस्थामा कैलालीका एक जना पक्राउ
धनगढी: माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित बैंकको फोडिरहेको अवस्थामा कैलालीको टीकापुरका १८ वर्षीय एक किशोर पक्राउ परेका हुन ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले आइतबार राति ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।