सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक १६, ०७:०१ खबर संवाददाता

डोटी: डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आइतबार भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो ।संक्रमितहरुमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् ।

बिहीबार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र एक सुरक्षाकर्मीको स्वाव संकलन गरिएको थियो । तीमध्ये दुई कर्मचारी र ११ बालकको रिपोर्ट नेगेटिभ आएको बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुले बताइन ।

उनीहरुको अवस्था समान्य रहेको लिम्बुले बताइन । 

कमेन्ट लोड गर्नुस