सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जीप दुर्घटना

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक १६, ०४:१९ खबर संवाददाता

धनगढीः कैलालीमा जीप दुर्घटना भएको छ ।  

जिल्लाको मोहन्याल गाउँपालिकाको बाझपानीमा आज दिउँसो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्रापिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बासपानीको कच्ची सडकमा जीप दुर्घटना भएको बताए ।

सुप प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटनामा परेको र ४ जनाको अवस्था गम्भीर रहेको प्रारम्भीक विवरण आएपनि विस्तृत विवरण नआएको प्रहरी उपरीक्षक गौतमले बताए ।

अहिले प्रहरी टोली घटनास्थल गएकाले बाँकी विवरण त्यसपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । जीप कैलालीको घोडाघोडीबाट मोहन्यालका लागि छुटेको थियो ।  
 

कमेन्ट लोड गर्नुस