धनगढीको खास फार्मेसीद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान
धनगढीः धनगढीको खास फार्मेसीले दास्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
खास फार्मेसीले जिल्लाको गोदावरी नगरपालिकाको गेटा शाखामा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी कैलालीको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा २० पिन्ट रगत संकलन भएको छ ।
खास फार्मेसीकी प्रबन्ध निर्देशक सरस्वती जोशीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत रहेकी थिईन् ।