सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

फाईल
फाईल
२०७७ कार्तिक १६, ०३:२७ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जनाको मृत्यु भएको छ ।  

शनिबार पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको चौमालामा से १ प ६२१९ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी वडा नम्बर २ कटानपुर बस्ने ७० वर्षीया कुलदेवी साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउको र बाँया खुट्टामा चोट लागेकी साउदको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक गौरीगंगा नगरपालिका वडा नम्बर २ कै २३ वर्षीय घनश्याम चौधरीलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।
 

कमेन्ट लोड गर्नुस