सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीको आग्रहपछि अछामको रामारोशन गाउँपालिकामा लागाइएको ताला खोलियो

२०७७ कार्तिक १६, ०३:२४ खबर संवाददाता

धनगढी: गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले एकाधिकार चलाएको भन्दै अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षले लगाएको ताला उनी स्वंयले खोलेकी छिन् । 

गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गत बुधबार विज्ञप्ती नै सार्वजनिक गर्दै ताला लगाएकी थिइन । उनले गाउँपालिका अध्यक्ष साउँदले योजना छनौट, कार्यसम्पादन तथा कर्मचारी भर्नामा मनोमानी गरेको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेकी थिइन । 

तर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले उत्पन्न समस्याबारे कमिटीमा छलफल गर्ने प्रतिवद्धता र गाउँपालिकामा कामकारवाही अगाडि बढाउन निर्देशन गरेपछि आइतबार उपाध्यक्ष रावलले विज्ञप्ति जारी गर्दै ताला खोलेकी छिन् । 

उनले विज्ञप्तिमा भनेकी छिन, ‘पार्टी कमिटी अछामले छानविन  समिति गठन गरी छानविन प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता सहितको विज्ञप्ति अनुसार छानविन प्रक्रिया अगाडि नबढाउन्जेल अनिश्चितकालिन रुपमा गरिएको तालाबन्दीलाई यो प्रेस विज्ञप्तिमार्फत खोलिएको जानकारी गराउद छु।’

साथै उनले आफुले उठान गरेको मुद्धा उपर छानविन नगरेको खण्डमा पार्टीको विज्ञप्तिलाई आधार मानेर अघिल्लो संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएकी छिन्। 

कमेन्ट लोड गर्नुस