सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाको युवा संघ कैलालीको इन्चार्जमा चन्द चयन

२०७७ कार्तिक १६, ०२:५८ खबर संवाददाता

धनगढीः राष्ट्रिय युवा संघ कैलालीको इन्चार्जमा विष्णु चन्द भएका छन् ।

पार्टीको जिल्ला कमिटि सदस्य समेत रहेका चन्दलाई राष्ट्रिय युवा संघ कैलालीको इन्चार्जको जिम्मेवारी दिईएको नेकपाले जनाएको छ ।

चन्दले नेकपा कैलालीको सचिवालय सदस्य र धनगढी उप–महानगरपालिकाको सह–इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । यस्तै युवा संघको सह–इन्चार्ज सुरज खाती चयन भएका छन् ।

नेकपाले अन्य जन संगठनका इन्चार्ज र सह–इन्चार्जको समेत टुङ्गो लगाएको छ ।  
 

कमेन्ट लोड गर्नुस