सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १३ वटै स्थानीय तहमा नेकपाले तोक्यो इन्चार्ज र सह–इन्चार्ज

२०७७ कार्तिक १६, ०२:३७ खबर संवाददाता

धनगढीः कैलालीका १३ वटै स्थानीय तहमा नेकपाले इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।

शनिवार बसेको बैठकले १३ वटै स्थानीय तहका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको हो । जसअनुसार धनगढी उपमहानगरपालिकाको नगर इन्चार्जमा निर्मल शाह, सह इन्चार्जमा बिष्णु चन्द, गोबिन्द बिसि, फूलराम चौधरी लगायतका ८ जना तोकिएका छन् ।

गोदावरी नगरपालिकाको इन्चार्जमा रामप्रसाद चौधरी र सह–इन्चार्जमा चेतबहादुर रोकाया सहितका ६ जना, चुरे गाउँपालिकाको इन्चार्जमा डम्बर शारुमगर र सह–इन्चार्जमा लोकबहादुर थारु सहितका ४ जना, गौरीगंगा नगरपालिकाको इन्चार्जमा पवन बोगटी र सह–इन्चार्जमा मदनराज ओझा सहितका ७ जना तोकिएका छन्।

यस्तै घोडाघोडी नगरपालिकाको इन्चार्जमा लक्ष्मण चौधरी र सह–इन्चार्जमा खडक रावत सहितका ८ जना, कैलारी गाउँपालिकाको इन्चार्जमा दयाशंकर चौधरी र सह–इन्चार्जमा उर्मिला चौधरी र गुष्मा चौधरी, बर्दगोरिया गाउँपालिकाको इन्चार्जमा दिलबहादुर बिक र सह–इन्चार्जमा लक्ष्मी रिमाल, लम्कीचुहा नगरपालिकाको इन्चार्जमा रतन सुनार र सह–इन्चार्जमा दलबहादुर रावल लगायतका ६ जना, भजनी नगरपालिकाको इन्चार्जमा बिमलकुमार जोशी र सह–इन्चार्जमा पुष्पा चौधरी र जनक साउँद, जोशीपुर गाउँपालिकाको इन्चार्जमा ओजारी चौधरी र सह–इन्चार्जमा शिवराज बिनाडी सहितका ५ जना तोकिएका छन् ।

मोहन्याल गाउँपालिकाको इन्चार्जमा नन्दराज बजगाई र सह–इन्चार्जमा कमल बटाला, जानकी गाउँपालिकाको इन्चार्ज तोकिएको छैन् भने सह–इन्चार्जमा ज्ञानु कुँवर र तीर्थराज उपाध्याय र टीकापुर नगरपालिकाको इन्चार्जमा लालबहादुर चौधरी र सह–इन्चार्जमा तारा सञ्जाल, खुसिराम चौधरी लगायतकालाई तोकिएको नेकपाले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस