सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १३ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १६, ०२:२८ खबर संवाददाता

धनगढीः धनगढीका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आइतबार थप १३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर १, ४, ७, ८ र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस