नेकपा कैलालीको संगठन विभाग प्रमुखमा चन्द सर्वसम्मत
धनगढीः नेकपा कैलालीको संगठन विभाग प्रमुखमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।
शनिबार बसेको नेकपा कैलालीको बैठकले चन्दलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
तत्कालीन नेकपा एमालेका जिल्ला सचिव समेत रहेका चन्दलाई कार्यालय प्रमुखको जिम्मेवारी समेत दिईएको नेकपा कैलालीले जनाएको छ ।
यस्तै संगठन विभागको उपप्रमुखमा नविन धामी चयन भएका छन् । तत्कालीन माओवादी केन्द्रका धामीलाई उपप्रमुखको जिम्मेवारी दिईएको नेकपाले जनाएको छ ।