सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको नौगाडबाट १४ जना जुवाडे पक्राउ, ६० हजार बरामद

२०७७ कार्तिक १६, १२:४९ नरेन्द्र कार्की

दार्चुलाः दार्चुलाको नौगाड गाउँपालिकाबाट  १४ जना जुवाडे पक्राउ परेका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ खार गाउँबाट ६० हजार ४ सय नगद सहित १४ जना जुवाडेलाई पक्राउ गरिएको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ३ का रमेशसिह ठगुन्ना, रायसिह ठगुन्ना, रामसिह ठगुन्ना, बसन्त ठगुन्ना, मनबिर ठगुन्ना, नन्तु ठगुन्ना, दानसिह धामी, मानसिह ठगुन्ना, करनसिह ठगुन्ना, जगतसिह ठगुन्ना, देबसिह ठगुन्ना, मानबहादुर ठगुन्ना, पदम सिह धामी र तेजसिह ठगुन्ना रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ । 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस