दार्चुलामा पूर्व असईको हत्या, १ जना पक्राउ
धनगढीः दार्चुलामा पूर्व प्रहरी सहायक निरीक्षक (असई) को हत्या गरिएको छ ।
जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका ४८ वर्षीय पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालको हत्या गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले पालको शनिबार राती घर नजिकै हत्या भएको जानकारी दिए ।
उनको लठ्ठी प्रहार गरी हत्या गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।
पालको टाउकोमा गम्भीर चोट रहेको छ भने हत्या आरोपमा सोहि ठाउँका ३२ वर्षीय रमेश पाललाई पक्राउ गरी घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।