सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा शनिबार ७१ जना कोरोना संक्रमित थपिए

२०७७ कार्तिक १५, ०६:३३ खबर संवाददाता

धनगढीः कैलालीका ४६ सहित सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, जिल्ला डोटी अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र कमजलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको  परीक्षणमा थप ७१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

उनका अनुसार ५ वटै प्रयोगशालामा ५ सय ३२ जनाको परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

कार्कीले सेती अस्पताल प्रयोगशालामा ५२ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ९, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५ जना, डोटी अस्पताल प्रयोगशालामा ३ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशाला २ जनामा संक्रमण पुष्टि भएको बताए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का २५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै कैलालीकै जानकारी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाकाक ४ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र डडेल्धुराको अमरगढी नगरपालिका–५ का एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  ९ हजार ७ सय ५० पुगेको छ।  संक्रमित मध्ये ८ हजार १८ जनाले कोरोना जितेका छन् भने ३४ जनाको मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस