डोटीका थप २ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक १५, ०३:०३
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ। ३९ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको आदर्श गाउँपालिकाका एक जना र जिल्लामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण भेटिएको बताए।
कमेन्ट लोड गर्नुस