सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषधसहित १ जना पक्राउ

२०७७ कार्तिक १५, ०१:३४ खबर संवाददाता

धनगढी : धनगढीमा लागु औषध खैरो हिरोईनसहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले २५ ग्राम ४ सय मिलिग्राम खैरो हिरोईनसहित धनगढी उपमहानगरपालिका १० बस्ने २५ वर्षीय राम निवास रानालाई पक्राउ गरिएको जानकारी दिए ।

रानालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस