डोटीमा भिरबाट लडेर महिलाको मृत्यु
२०७७ कार्तिक १४, ०९:३४
धनगढी– डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ७ पाँकरीकी २८ वर्षीया शारदा कठायतको भिरबाट लडेर मुत्यु भएको हो ।
बाख्रा चराउन गएकी कठायतको भिरबाट लडेर मुत्यु भएको वडा अध्यक्ष कर्ण विष्टले बताए । उनका अनुसार स्थानीयले शव फेला पारेका हुन् । नाउटेपानी खोलामा भिरबाट खसेर मृत्यु भएको वडा अध्यक्र्ष विष्टले बताए ।
कमेन्ट लोड गर्नुस