कैलालीका १६ सहित थप २५ जनामा कोरोना पुष्टि
धनगढीः कैलालीका १६ सहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीषण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली १६ र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका मात्र ९ जनामा संक्रमण पुष्टि भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १ का २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना,घोडाघोडी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिउको उनले बताए ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।