कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु
२०७७ कार्तिक १४, ०६:३०
धनगढीः कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भक्तपुर अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएकी छन् ।
उनी कात्तिक ३ गते मात्र उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।
कमेन्ट लोड गर्नुस