सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेन्नाईद्धारा कोलकाता नाइट राइडर्स ६ विकेटले पराजित

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १४, ०६:२१ खबर संवाददाता

चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ। १७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो।

चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे। शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए। साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे। १९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो । अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो। कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए। जडेजाले ११ बलमा ३१ रन योगदान गरे।

बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए। यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए। शुभमन गिलले २६ रन जोडेका थिए।

बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए। कोलकाताका लकी फर्ग्युसन सबैभन्दा महँगा बलर बने। उनले चार ओभरमा ५४ रन खर्चिए। सबैभन्दा किफायती बलर नितिश राणा रहे। एक ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले १६ रन दिए।
 

कमेन्ट लोड गर्नुस