थप २ हजार ३६४ जना व्यक्तिमा कोरोना संक्रमण
२०७७ कार्तिक १३, ०४:३२
धनगढी : नेपालमा थप २ हजार ३६४ जना संक्रमित भएका छन्। यो सँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।
आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।
कमेन्ट लोड गर्नुस