सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाडामै महिनाको एक लाख जान्छ बझाङ प्रहरीको तर चुहिने छानो मुनी बास

२०७७ कार्तिक १३, ०४:१५ खबर संवाददाता

प्रताप ओली, बझाङ : असोज १७ गते बझाङको देवल विमानस्थलमा हवाइ परीक्षण उडान हुँदा बखत त्यहाँ गएका धेरै स्थानीयले खानेपानीका लागि भौतारिनु प¥यो ।

नजिकै विमानस्थलको सुरक्षाका लागि भन्दै आधा दर्जन सुरक्षाकर्मी बस्ने गरेका छन् । पुरानो चर्किएको घरभित्रबाट पानी ल्याउँदै दिदै गर्दा एक जवानले भनिरहेका थिए, ‘भएभरको पानी सकिसक्यो । खानेपानी ल्याउन फेरि हामीले टाढा धाउनुपर्छ । अब सक्कियो हजुर ।’

जिल्लाको सदरमुकाम नजिकै सार्वजनिक सम्पत्तिका लागि सुरक्षा गरिरहेका ती प्रहरीहरु एउटा पुरानो भुकम्पले चर्किएको घरमा बसिरहेका थिए । झ्याल ढोका नहुँदा जस्ता र काठका टुक्रा मिलाएर बन्द गरिएको छ । सुत्नका लागि पनि साँघुरो र अध्याँरो कोठा छन् । पानी पर्दा चुहिने डर हुन्छ । गर्मी र चिसोको समयमा उस्तै सास्ती छ, एक जवानले भने ।

यस्तै सीमा प्रहरी चौकी धुलीका समाचारहरु पनि मिडियामा बारम्बार नआएका होइनन् । धुली प्रहरी पनि भाडाका घरमा बसिरहेको छ । जिल्लाको सबैभन्दा दुर्गम ठाउँमा रहेको सीमा प्रहरी चौकी धुलीमा पनि घर भाडामा लिएर प्रहरी बसिरहेको छ । सेती किनारमा प्रहरीको आफ्नो जमिन छ तर अहिलेसम्म भवन बन्न सकेको छैन । 

बझाङ जिल्लाभरका विभिन्न प्रहरी एकाइ र सार्वजनिक सम्पतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका समस्या नै समस्या देखिएको छ । देवल विमानस्थल, सीमा प्रहरी चौकी धुली, थलारा, बुंगल, रायल लगायतका इलाका प्रहरी कार्यालय र सार्वजनिक स्थलमा खटिएका सुरक्षाकर्मीहरुलाई खान र बस्न समस्या हुँदै आएको छ । 

सदरमुकाम चैनपुरमा रहेको वडा प्रहरी कार्यालयमा समेत जस्तामाथि पाल टाँगेर काम चलाउँदै आएकोमा भर्खरै मात्रै जस्ता फेरिएको छ । सरकारी कार्यालय हुनाले वडा प्रहरी कार्यालय चैनपुरले भने भाडा ती जनताको लागि अहोरात्र खटिने प्रायः प्रहरीलाई आफैमा धेरै समस्या देखिन्छन् । प्रत्येक स्थानीय तहमा रहेका इकाइ कार्यालय अहिले स्थानीय तहलाई सहयोग माग्न खोजिरहँदा पनि उनीहरुले स्थानीय सरकारले पनि खासै चाँसो नदिएको देखिन्छ । 

इलाका प्रहरी कार्यालय थलारामा हाल ११ जना प्रहरी सुरक्षार्थ खटिएका त्यहाँ एक ४ कोठे चुहिने भवन छ । त्रिपाल राखेर वर्षा थेग्दै आएका छन् । यस्तै इलाका प्रहरी कार्यालय रायलमा पनि हाल ८ जना सुरक्षाकर्मी रहेका छन् । ६ वटा कोठा रहेको एक घर भाडामा लिएर बस्दै आएका छन् । त्यहाँ पनि पानी पर्नासाथ पुरै चुहिदै आएको छ । 

त्रिपालले थेगेर बस्दै आएको र हावा धेरै चल्ने हुँदा समस्या हुने गरेको त्यहाँका सुरक्षाकर्मीले बताएका छन् । यस्तै दुर्गाथली, खप्तडछान्ना, छबिसपाथिभेरा, सुर्मा लगायतका इलाका कार्यालयमा पनि चुहिने र बस्न असहज हुने समस्या भएको त्यहाँका इन्चार्जहरुले बताएका छन् ।

१० जना बसिरहेका खप्तडछान्ना इलाका प्रहरी चौकीमा पनि भाडा तिरेर एक स्लेटले छाएको घर भाडामा लिइएको छ । भाडामा बस्दा आफूले सोचे अनुसार नहुने तर केही साँघुरो, चुहिने समस्या रहेको खप्तडछान्ना इलाका प्रहरी चौकीका इन्चार्ज माधवदत्त जोशीले बताए । अहिले खप्तडछान्नामा ठूलो क्षेत्र भएकाले गाउँपालिकाको ६ नम्बर वडा पाटादेवलमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । त्यहाँ पनि भाडामै बस्नुपरेको छ । 

अहिले दुर्गाथली, थलारा, धुली, रायल, स्याँडी, मटेला, दौलीचौर, खप्तडछान्ना र सिमखेत प्रहरी इकाइहरु भाडामा बसिरहेका छन् । बुंगल र तल्कोटमा मात्रै अहिलेसम्म आफ्नै भवन रहेको छन् भने देवल विमानस्थलमा विमानस्थलका कर्मचारी बस्ने जिर्ण भवनमा राखिएको छ ।

हरेका इकाइहरुमा घर पुराना र वर्षातमा चुहिने खालका छन् तर प्रहरीले हरेक महिना जिल्लाभरका इकाइहरुको ९४ हजार ८०० खर्चदै आएको छ । बझाङमा रहेको इकाइहरुमा १० जना खटिएका छन् भने अस्थायी प्रहरी चौकीमा ६ जना खटिएका छन् । जिल्लामा ३ सय ७४ जनाको दरबन्दी भएपनि ३ सय ३७ कार्यरत रहेका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । 

जिल्ला प्रहरी कार्यालय बझाङ केही समयअघि मात्रै सुविधा सम्पन्न बनाइएको छ । यसअघि केन्द्रमै पनि यस्तै समस्या रहेको थियो । 

यता विमानस्थलका सुरक्षाकर्मीहरु तत्कालीन समयमा हवाई सेवा सञ्चालन हुदाँ विमानस्थलका कर्मचारी वस्ने पुरानो घरमा वस्न वाध्य भएका छन् । त्यस भवनको पर्खाल धेरै ठाउँबाट चर्किएको छ , झ्याल ढोकामा लगाएका सिसा फुटिसकेको छन भने खाना पकाउने भान्सा पनि साँघुरो छ । सुत्ने कोठाको साथै खानेपानीको अभावको समस्या रहेका त्यहाँका सुरक्षाकर्मीहरुले बताएका छन् ।

अहिले बझाङमा धुली, वडा कार्यालय चैनपुर लगायतका ठाउँमा मात्रै आफ्नै जमिन छ तर भवन बनेका छैनन् । प्राय सबै भाडामा बसेका छन् । भाडामा बसेर जस्तोसुकै समस्या भोगे पनि आफूहरुको धर्म जनतालाई सुरक्षा दिन भएकाले यसका लागि अहोरात्र खटिरहेको डिएसपी रुपक खड्काले बताए ।

 
 

कमेन्ट लोड गर्नुस