सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा माटो बोक्दै गरेको अवस्थामा भेटियो शिवनाथ गाउँपालिका बैतडीको ट्रयाक्टर (भिडियो)

२०७७ कार्तिक १३, ०२:५८ खबर संवाददाता

धनगढी : शिवनाथ गाउँपालिका बैतडीको ट्रयाक्टर कञ्चनपुरमा माटो बोक्दै गरेको अवस्थामा भेटिएको छ । 

गाउँपालिका सुप्र ००२ ००१ त १३५८ नम्बरको ट्रयाक्टर कञ्चपुरकोे शुक्लाफाटा नगरपालिका–१२ स्थित कालागौडीमा मोटो बोक्दै गरेको अवस्थामा भेटिएको  हो । ट्रयाक्टर व्यक्तिगत घर निर्माणको माटो बोक्नमा व्यस्त देखिएको स्थानीयले बताएका छन् ।

यस विषयमा हामीले गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउँदसँग सोध्दा उनले चालकले दशैं विदामा ट्रयाक्टर आफ्नो घर लगेको बताए । ‘चालकले घर विदामा गएका बेला नामसारी गर्न भनेर ट्रयाक्टर लगेका थिए, अहिले माटो बोक्दै गरेको जानकारी पाएपछि उक्त ट्रयाक्टर मगाइसकेका छौ’ उनले भने । 

 

कमेन्ट लोड गर्नुस