सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंका दिन भारतमा कुटिएका विद्यार्थीमध्ये २ जना महेन्द्रनगर पुगे

२०७७ कार्तिक १३, ०२:२१ खबर संवाददाता

धनगढी : दशैंको दिन भारतको देहरादुनस्थित एक आश्रममा निर्घात कुटिएकामध्ये २ जना नेपाली विद्यार्थी महेन्द्रनगर आइपुगेका छन् ।

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले अभिभावकले बताएका थिए । ती मध्ये ५ जना भागेर नेपाल–भारत सीमा नाका गड्डाचौकी पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

५ जना मध्येमा ३ जना भारतीय र २ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । ‘५ जना मध्ये २ जना नेपाली रहेका छन् मकवानपुरका नविन तामाङ  र बाग्लुङका भुमीराज घर्तीमगर’ उनले भने, ‘तर उनीहरु कुटिएको हैन भनीरहेका छन् । अहिले ती विद्यार्थीका अभिभावकसँग कुरा भइरहेको छ ।’ भारतीय विद्यार्थीलाई भने फर्काइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए । 

५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको विद्यार्थीका अभिभावकहरूले बताएका थिए । 

कमेन्ट लोड गर्नुस