दार्चुलामा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु
दार्चुला: दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको हो ।
ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए ।
शवलाई पोष्टमार्टमका लागि दार्चुलाको गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।