बैतडीमा कोरोनाका १६ जना सक्रिय संक्रमित
बैतडी: बैतडीमा सक्रिय कोरोनाका संक्रमितको १६ जना मात्रै रहेको छ । बुधबार पाटन नगरपालिका ३ र मेलौली नगरपालिका २ जना संक्रमित डिस्चार्ज भएसंगै सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।
सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना सक्रिय संक्रमित छन् । पाटन नगरपालिका, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकामा २÷२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै सिगास, शिवनाथ, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा ४६८ जना संक्रमित मध्ये ४५१ जना निको भएर घर फर्किसकेका छन् ।