सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत धनगढीकी संक्रमित महिलाको मृत्यु

२०७७ कार्तिक १३, १०:४९ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्षिया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए ।

उनलाई हिजो मात्र कोरोना पुष्टि भएको थियो । 
 

कमेन्ट लोड गर्नुस