सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता ठगुन्नाको निधन

२०७७ कार्तिक १३, ०७:३८ खबर संवाददाता

धनगढीः दार्चुलाको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता बिरबहादुर ठगुन्नाको निधन भएको छ ।

तत्कालीन नेकपा एमाले दार्चुलाका संस्थापक सचिव एवंम् केन्द्रीय अनुशासन आयोगका सदस्य ठगुन्नाको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो ।

विगत ४० महिनादेखि क्यान्सरसँग संघर्ष गरिरहेका ठगुन्नाको काठमाडौँको केएमसी हस्पिटलमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ठगुन्नाको जम्न २०१० साल फागुन ३ गते साविकको खार गाविसमा भएको थियो । २०३० सालदेखि बामपन्थी राजनीतिमा प्रवेश गरेका ठगुन्ना २०३५ सालदेखि अनेरास्ववियुमा आबद्ध थिए भने २०४७ सालमा तत्कालिन नेकपा एमाले दार्चुलाको पार्टी सचिव बनेका थिए ।

उनले त्यती बेलादेखि नै कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउदै लगेका थिए ।

२०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका ठगुन्ना २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित भए ।

२०५१ सालमा सुकुम्बासी आयोगका जिल्ला अध्यक्ष हुदै २०५६ मा सांसदको उम्मेदवार पनि बनेका थिए । 
 

कमेन्ट लोड गर्नुस