सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको कमलबजारका मेयरलाई कोरोना

२०७७ कार्तिक १२, १०:४७ खबर संवाददाता

धनगढी– अछामको कमलबजार नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएको छ । मेयर ओमप्रकाश विष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो ।

कमलबजार कोरोना प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार उनको बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो । मेयर विष्टले समेत सामाजिक सञ्जालमा कोरोना पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहेन र परिक्षण गर्न समेत भनेका छन् । लक्षण नभएको भन्दै उनले होम आइसोलेसनमा बसेका छन् । 
 

कमेन्ट लोड गर्नुस