कैलालीमा सोयाबिन उद्योगमा आगलागी
२०७७ कार्तिक १२, ०८:१२
धनगढी– कैलालीमा सोयाबिन उद्योगमा आगलागी भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ३ शंकरपुरमा रहेको सोयाबिन उद्योगमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बिद्युतको तार सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट २ करोड भन्दा बढीको संरचनामा क्षति भएको उद्योगी मनिष बलायरले बताएका छन् । तर मेसिन र भौतिक समानको क्षतिको विवरण तयार नभएको टीकापुर प्रहरीले बताएको छ ।
स्थानीय र दमकलकको सहयोगमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।
कमेन्ट लोड गर्नुस