सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

घटनास्थल
घटनास्थल
२०७७ कार्तिक १२, ०५:३८ खबर संवाददाता

धनगढीः धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना३ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका ६० वर्षीय वीरसिंह बिष्टको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । 

प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । 

कमेन्ट लोड गर्नुस