धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्री गम्भीर घाइते
धनगढीः धनगढीमा ट्रकको ठक्करबाट पैदल यात्री घाइते भएका छन् ।
निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत होण्डा स्वरुम अगाडी ना३ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिदा पैदल यात्री घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रकले ठक्कर दिदा डोटी स्थायी घर भएका हाल धनगढीको बोराडाँडी बस्दै आएका वीर सिंह बिष्ट गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले ट्रकको ठक्करबाट घाइते भएका बिष्टको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताए ।
ट्रक चालक फरार भएका छन् । भने ट्रक जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा रहेको छ ।