सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ४ सहित थप ६ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १२, ०१:३३ खबर संवाददाता

धनगढीः धनगढीका ४ सहित थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र दशरथचन्द नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र ५ का १÷१ जना र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएको छ ।   
 

कमेन्ट लोड गर्नुस