सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुरमा रहेको सोयाबिन उद्योगमा आगलागी

२०७७ कार्तिक १२, ०१:०० रासस

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज विहान आगलागी भएको छ । 

बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब चार करोड क्षति भएको छ । विहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको थियोे ।  

आज विहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस