सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका पूर्व शिक्षक जोशीलाई जहाज चार्टर गरेर उपचारको लागि काठमाण्डौं

२०७७ कार्तिक १२, १०:५८ खबर संवाददाता

 धनगढी ः

डोटीका पूर्व शिक्षकलाई उपचारको लागि जहाज चार्टर गरिएको छ ।

जिल्लाको दिपायल–सिलगढी नगरपालिका वडा नम्बर ६ का ८१ वर्षीय पूर्व शिक्षक चन्द्रराज जोशी अचानक विरामी परेपछि जहाज चार्टर गरेर धनगढी ल्याइएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौं लगिएको हो ।

उनको रक्तचाप बढेपछि अचानक नाक, मुखबाट रगत आउनुका साथै बान्ता समेत हुन थालेको थियो । एक घण्टाभित्रमा राम्रो अस्पतालमा लैजानु पर्ने चिकित्सकहरुको सल्लाह अनुसार जहाज चार्टर गरिएकोे वडा अध्यक्ष सन्तोष बोहराले जानकारी दिए । उनको अहिले काठमाण्डौको मेडिकेयर अस्पतालमा उपचार हुँदैछ ।

कोरोना परीक्षणको रिर्पाेट नआएकोले उनको उपचारमा केही ढिलाइ भएको जनाइएको छ् । समिट एअरलाइन्सको जहाजबाट १ लाख ५० हजारमा चार्टर गरेर उपचारका लागि धनगढीे ल्याइएकोमा धनगढीमा उपचार सम्भव नभएपछि उनलाई पुनः जहाजमार्फत काठमाण्डौं लगिएको हो ।

कमेन्ट लोड गर्नुस