सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारको ठक्करबाट वृद्धको मृत्यु

२०७७ कार्तिक १२, ०८:४६ रासस

राजविराज : पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिए । पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो ।

सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट लोड गर्नुस