सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला सदरमुकाममा लगाईएको निषेधाज्ञा हटयो

२०७७ कार्तिक ११, ०६:२४ खबर संवाददाता

दार्चुलाः दार्चुला सदरमुकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा कोरोना देखिएपछि असोज २९ गतेदेखि लगाईउको निषेधाज्ञा हटाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सूचना जारी गर्दै निषेधाज्ञा हटाईएको जानकारी दिएका छन् ।

स्थानीय प्रशासनले महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते विहिवार बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै निशेधाज्ञा जारी गरेको थियो । 
   
 

कमेन्ट लोड गर्नुस