सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कुटपिट परी घाइते युवकको मृत्यु, हत्या आरोपमा २ जना पक्राउ

२०७७ कार्तिक ११, १२:५२ खबर संवाददाता

धनगढीः बैतडीमा कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ ।

कुटपिटमा परी घाइते भएका जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँद उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमबार मृत्यु भएको बताए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । यसैबीच हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले साउँदमाथि कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दलाई पक्राउ गरिएको बताए ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस