सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोकिएको ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एकको मृत्यु, मृतकको पहिचान खुलेन

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक ११, ०८:३६ खबर संवाददाता

धनगढीः रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।

सोमबार राती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि ट्रकमा मोटरसाइकल ठोकिएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानबहादुर रोकायाका अनुसार से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको मीनि ट्रकमा ठोकिएको हो ।

मृत्यकको पहिचान भने खुलेको छैन् । उनको आफन्तको खोजी कार्य हुँदै छ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

 

कमेन्ट लोड गर्नुस