छोरीलाई बलात्कार गर्नेकी श्रीमती माथि बलात्कारको प्रयास !
सप्तरीमा बलात्कार प्रयासको आरोपमा दाजु–भाई पक्राउ परेका छन् । बलात्कारको आरोपमा पक्राउ परेका आरोपित कारागारमा रहेकोमा आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको भन्दै सप्तरी प्रहरीले दाजु–भाइलाई पक्राउ गरेको हो ।
बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी बताएका छन् ।
कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोप छ । उनी घटनाको दुई सातापछि कञ्चनरुप नगरपालिका–२ बाट पक्राउ परेका थिए । हाल पक्राउ परेका ५२ र ४८ वर्षीय दाजुभाइ तीनै सुस्त मनस्थितिकी बालिकाका बुवा र काका हुन् । दुबै मुद्दा इलाका प्रहरी कार्यालय कञ्चनरुपले चलाएको छ ।